RUMPUM
animated ellipse animated ellipse

अक्कर भिरबाट बोलेरो झर्दा ६ जना बेपत्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ आश्विन २०७६, बुधबार ११:३३
3
Shares

संखुवासभा / संखुवासभाको धर्मदेवि नगरपालिका ८ स्थित अक्कर भिरमा खाँदबारीबाट धरान तर्फ आउदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गाडि सडकबाट तल झरि दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा संखुवासभाको खादबारी नगरपालिका ९ ढुङगेधारा का २४ वर्षिय संगम श्रेष्ठ उनकै श्रीमती २३ वर्षिय सदिछा श्रेष्ठको अढाई महिनाको छोरा समिर श्रेष्ठ, २४ वर्षिय प्रमेश थापा मगर , उनका भिनाजु जिल्ला खोटाङ मास्तीम घर भई हाल खादबारी नगरपालिका ९ ढुङगेधारा ससुरालीमा बस्दै आएका २९ वर्षिय खबरमान पिठाकोटी र बुलेरोका चालक २५ वर्षिय सन्तोष विक रहेका छन् ।

मंगलबार राती पौने ११ बजेको समयमा विरामी बोकेर उपचाराको लागी आउदै गर्दा भिरबाट खसेको बुलेरो अरूण नदिमा डुबेर बेपत्ता भएको छ । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय आँखिभुइ, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली खटि खोजतलाश कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालय संखुवासबाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर