RUMPUM
animated ellipse animated ellipse

‘परिवेश’ मञ्चनसँगै नाटक महोत्सव सकियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ भाद्र २०७६, आईतवार २०:२२
45
Shares

विराटनगर /आरोहण–गुरुकुलको आयोजनामा भदौ २० गतेदेखि सुरु विराटनगर विद्यालय नाटक महोत्सव आज सकिएको छ ।

आयोजक संस्थाको ‘म–नैतिक’नाटक मञ्चनसँगै सुरु भएको महोत्सवमा रंगेली नगरपालिका ३ को रञ्जनी एकेडेमिक ई. टिचिङ स्कूलले ‘परिवेश’ मञ्चन गरि महोत्सवको विधिवत रुपमा सकिएकोे हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा अन्तिम नाटक हेर्न विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, सहभागी विद्यालयका प्रतिनिधि, कवि एवंम पत्रकार मिनकुमार नवोदित, पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति डा.सन्देशदास श्रेष्ठलगायत नाटक हेरेका थिए ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले नाटक महोत्सवले विद्यार्थीहरुलाई कला क्षेत्रमा लाग्न प्रोत्साहित गर्ने बताए । १० दिनसम्म चलेको नाटक महोत्सवमा विभिन्न ९ विद्यालयले आ–आफ्ना नाटक मञ्चन गरेका थिए । नाटकप्रति आकर्षित विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । संस्थाका अध्यक्ष भैरव क्षेत्रीले विद्यार्थी र विद्यालयबाट भविष्यमा नाट्य गतिविधिले तिब्रता पाउँछ भन्ने विश्वासका साथ महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवको उद्धाटनको दिन आयोजकले धिरज राईको लेखन तथा विकास पराजुली र राजेश ठाकुरको निर्देशनमा तयार नाटक म–नैतिक मञ्चन गरेको थियो । अधिकांश विद्यालयले नेपाली समाजलाई नाटक मार्फत विभिन्न दृष्टिकोण मार्फत पेश गरेका थिए । वर्तमान शिक्षा प्रणाली र विद्यार्थीहरुको मनोदशालाई म–नैतिकले देखाएको थियो । यस्तै बेचिएकी चेली समाजमा पूर्नस्थापित हुन आउने समस्यालाई अँध्यारो बाटोले मार्मीक ढंगले प्रस्तुत गरेको थियो । वर्गिय असमानताले बालबालिकामा पर्ने असरलाई लक्ष्मीपुजा र दशैं नाटकले समेटेको थियो । सामाजिक मुद्धालाई नाटक मार्फत उठाउँदै मुद्धा सम्बोधनमा विद्यार्थीहरुको पहल थियो ।

महोत्सव विराटनगर महानगरपालिकाको प्रवद्र्धन, सांग्रिला बुक्स र वाईवाई चाउचाउको सहयोगमा आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको थियो । महोत्सवमा ९ विद्यालयका १ सय ५० भन्दा बढि विद्यार्थीले अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर