RUMPUM
animated ellipse animated ellipse

खुल्ला सिमानाबाट हुने तस्करी नियन्त्रणमा कडाई गर्छु : प्रजिअ भुजेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० भाद्र २०७६, शुक्रबार १८:४१
3
Shares

विराटनगर / लामो समयसम्म विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गरिसकेका मदन भुजेलले जिल्ला प्रशासन कार्यालय मोरङको कार्यभार सम्हालेका छन् ।

नेपाल सरकारका सह–सचिव भुजेलले आजदेखि जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्व सम्हालेका हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको सरुवा भएपछि उनले मोरङको नयाँ सिडिओको रुपमा कार्यभार सम्हालेका हुन् । बाँके जिल्लाबाट सरुवा भई मोरङ आएका भुजेल हेटौडा–४ मकवानपुरका स्थायी बासिन्दा हुन् । यसअघि उनले झापा र रामेछापमा प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गर्नुकासाथै विभिन्न जिल्लामा स्थानिय विकास अधिकारीको कार्यभार समेत सम्हालिसकेका छन् ।

मोरङ प्रशासनको नेतृत्व सम्हालिसकेपछि आज जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारसंगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले आफुले जिल्लामा शान्तिसुरक्षा र सुशासन कायम गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । उनले जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुले प्रवाह गर्ने सेवालाई उत्तरदायि र जनमैत्री बनाउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी भुजेलले चाडपर्व नजिकिंदै गएका कारण बजारमा हुनसक्ने मिसाबट नियन्त्रण गर्न अनुगमन सयंन्त्रलाई प्रभावकारी बनाउने बताउँदै खुल्ला सिमानाबाट हुने तस्करी नियन्त्रण गर्न कडाई गरिने प्रष्ट पारे । उनले लागुऔषध ओसारपसार र दुब्र्यसन नियन्त्रण गर्न समेत प्रभावकारी कदम चालिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर