पूर्वाञ्चल खबर
खोटाङ / खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ साकेला थानमा धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु भएको छ ।
साकेला थानकी ३६ बर्षीया देविका राईको उनकै ३५ बर्षीय श्रीमान सिताराम राईले गरेको धारिलो हतियार प्रहारबाट मृत्यु भएको हो । बिहिवार राती साँढे ७ बजे घरायशी विवादका कारण मृतककै श्रीमान सितारामले धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएकी देविकाको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा राती साँढे ८ बजे मृत्यु भएको खोटाङ प्रहरी जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले अभियुक्त सितारामलाई पक्राउ गरेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको खोटाङ प्रहरीले जनाएको छ ।