animated ellipse animated ellipse

नेपाल युवा उद्यमी मंच विराटनगरको अध्यक्षमा सृजन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ जेष्ठ २०७७, शुक्रबार २०:३५
3
Shares
विराटनगर / युवा उद्यमीहरुको साझा संगठन नेपाल युवा उद्यमी मंच विराटनगरको नयाँ कार्यसमिति चयन भएको छ ।

लकडाउनका बीच सामाजिक दुरी कायम गर्दे मंचको साधारणसभाबाट सृजन प्याकुरेलको अध्यक्षतामा आज नयाँ कार्यसमिति चयन गरिएको निवर्तमान अध्यक्ष मनोजविक्रम साहले जानकारी दिए। नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा युनेशराज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा राघव कोईराला, सचिवमा स्वेता तुलाधर तथा कोषाध्यक्षमा उकेश अग्रवाल चयन भएका छन् ।

यसैगरी आगामी कार्यकालका लागि मंचको कार्यक्रम संयोजकमा शुभम भट्टराई लर्निंग सेसन कोअर्डीनेटरमा रन्जित भगत, सन्चार संयोजकमा सन्जिव सिग्देल, कानुनी सल्लाहकारमा रोमन कट्टेल र इण्टर च्यापटर कोअर्डीनेटरमा अनमोल प्रधान चयन भएका छन् ।

कार्यसमितिको सदस्यमा रितेश खनाल रहेका छन् । युवाहरुको हक अधिकार तथा युवालाई रोजगार उपलब्ध गराउने मुख्य उद्धेश्य बोकेको मंचका देशभर ७ च्याप्टर रहेका छन । जसमा ५ सय युवा उद्यमी सदस्य रहेका छन । नेपाल युवा उद्यमी मंच नेपालमा २००४ मा स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर