पूर्वाञ्चल खबर
काठमाडौं/वैदेशिक रोजगारमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य सरकारी सहायताको आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य गरिएको हो ।
वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने जनाउदै सूचनासमेत जारी गरेको जनाएको छ ।
विभागले नेपाल राष्ट्र बैंकबाट कारोबार अनुमति लिएका विकास बैंक र बाणिज्य बैंकको कुनै पनि शाखामा खाता खोल्न सकिने जनाएको छ । श्रमिकले देशभर रहेका २८ बाणिज्य बैंक र २९ विकास बैंकका विभिन्न शाखा कार्यालहरुमा खाता खोल्न सक्नेछन् । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।