AArya
RUMPUM
animated ellipse animated ellipse

लागुऔषध ब्राउन सुगरसहित झापाबाट ४ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ भाद्र २०७६, बिहीबार ११:३२
3
Shares
झापा / झापाका ३ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागु औषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका ३ का २४ बर्षीय सन्तोष खड्का र १९ बर्षीय सोनाम लिम्बुलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित मेची नगर नगरपालिका ६ भन्सार गेटबाट पक्राउ गरेको हो । यसैगरी मेचीनगर नगरपालिका ७ गैह्रीगाउँबाट बेलवारी नगरपालिका ३ का १९ बर्षीय सुरज खवासलाई ५ ग्राम ब्राउ सुगरसहित पक्राउ गरेको छ भने विर्तामोड नगरपालिका ५ बाट हल्दिवारी गाउँपालिका १ घर भई विर्तामोड ४ मा बस्तै आएका २६ बर्षीय मनोज गुरुङलाई ९० ग्राम ब्राउ सुगर र निजले प्रयोग गरेको मे ९ प ४८३२ नम्बरको मोटरसाईकलसहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर