AArya
RUMPUM
animated ellipse animated ellipse

सुचना सम्वन्धि कानुन वनाउन प्रदेश सभासदहरुको प्रतिवद्धता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ भाद्र २०७६, सोमबार २०:३१
3
Shares
विराटनगर । प्रदेश १ मा सुचना सम्वन्धि कानुन वनाउन आफुहरु प्रतिवद्ध भएको प्रदेस न १ का सभासद्हरुले वताएका छन् ।

राष्टिय सुचना आयोगद्धारा विराटनगरमा आज आयोजित प्रदेश सभा सदस्यहरुसँग सुचना हक सम्वन्धि अन्तरक्रिया कार्यक्रममा उनीहरुले कानुुन वनाएर प्रादेसिक सुचना आयोग गठन गर्न आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।

नेकपामा प्रमुख सचेतक एंव प्रदेशसभा सदस्य वुद्धिकुमार राजभण्डारीले प्रादेशिक सुचनाको हक गठन गर्न आफुहरु सक्रिय रहेको भन्दै त्यसका लागी केन्द्रदेखि स्थानिय तहसम्मको सुझाव आवश्यक रहेको वताए । केन्द्र स्तरमा यस विषयमा छलफल गरेर अगाडी वढ्दा अझ उपयुक्त हुने उनको भनाई थियो ।
संघिय समाजवादी फोरमका संसदियदलका नेता जयराम यादवले लोकतन्त्रलाई वचाउन पनि सुचनाको हकको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए । उनले सुचना आयोगले प्रदेश सभासद् हरुलाई सुचना आयोग गठनकालागी गरिएको यस्तो कार्यक्रमले आफुहरुलाई प्रदशमा आयोग स्थापनाका लागी थप वल पुगेको उल्लेख गर् ।

कार्यक्रममा प्रदेश सभासद् सर्वध्वज सावा, लक्ष्मण तिवारीलगायतले सुचनाको हक सम्वन्धमा सुझाव दिए ।

कार्यक्रममा वोल्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वोले सुचनाको हक प्रभावकारी रुपमा कार्यन्वयनगर्न प्रदेश सरकार गम्भिर भएर लागेको वताए । उनले प्रदेश सरकार चाडै कानुन वनाएर प्रादेसिक सुचना आयोग गठनका लागी प्रक्रिया अघि वढाउने प्रतिवद्धता गरे ।

प्रदेश १ का उपसभामुख सरस्वती पोखरेलले, प्रदेशसभावाट सुचनाको हक सम्वन्धि ऐन चाडै पारित गराउन आफु गम्भिर भएर लाग्ने वताइन् ।

कार्यक्रममा राष्टिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी वास्कोटाले उत्कृष्ट कानुन वनाएर प्रदेसिक सुचना आयोग गठन गर्न सभासदहरुलाई आग्रह गरे ।
राष्टिय सुचना आयोगका आयुक्त किरण पोखरेलले सातवटा प्रदश मध्ये प्रदेश १ ले प्रादेसिक सुचना आयोग गठन गरेर उदारणिय वन्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर