AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ प्याव्सन वक्तित्वकला र चित्रकला सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ भाद्र २०७६, बिहीबार १८:५५
3
Shares
विराटनगर / मोरङ प्याव्सन मोरङ मोरङ स्तरीय विभिन्न कार्यक्रम आजदेखि शुरु भएको छ ।

आजदेखि शूरु भएको कार्यक्रम भदौ २९ गतेसम्म सञ्चालन हुने प्याब्सन मोरङले जनाएको छ ।

आज पहिलो दिन मोरङको पथरीमा वक्तित्वकला र चित्रकला प्रतियोगिता सम्पन्न भएको प्याब्सन मोरङका सचिव प्रेमलालसिंह सुवालले जानकारी दिए । सचिव सुवालका वक्तित्वकलामा क्रिस्टल स्कूलका योगेश दाहाल प्रथम भए भने लाली गुराँसका अनमोल मके दोस्रो तथा केयुका सौगात पण्डित तेस्रो भए । त्यस्तै सिद्धार्थ सुन्दरहरैचाका अभिनव बस्नेत र विराटनगरको ज्ञानसारथी स्कूलका निशा बुढाथोकीले सान्त्वना पुरस्कार हात पारे ।

त्यसैगरि आजै भएको चित्रकला प्रतियोगिताको जुनियरतर्फ सप्तकोशी स्कूल उर्लाबारीका संकल्प ढकाल प्रथम भए भने एभरेष्ट स्कूल पथरीका स्नेहा बनेम दोस्रो तथा जुपिटर सुन्दरहरैचाका अंकित उराँव तेस्रो भए । त्यस्तै अंकित राई र सविना लामाले सान्त्वना पुरस्कार हात पारे ।

सिनियरतर्फ रिलाइन्स स्कूल मिक्लाजुङका सनिा थापा प्रथम भए भने पार्लेन्स स्कूलका कौशिक घले दोस्रो तथा सुविजुमुर सुन्दरहरैचाका प्रज्वल शर्मा तेस्रो भए । त्यस्तै सिद्धार्थ सुन्दरहरैचाका अन्जना राई र इन्द्रपुर स्कूलका स्नेहा खडकाले सान्त्वना पुरस्कार हात पारे ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्याब्सन मोरङले हिज्जे प्रतियोगिता ,वक्तित्वकला, चित्रकला, सिंगिङ र नृत्यकला कार्यक्रम आयोजना गरेको हो । १७ वटा पालीकाबाट वक्तित्वकलामा ३० वटा स्कूलबाट ३० जना र चित्रकलामा ५६ स्कूलबाट ५६ जना विद्याथी सहभागि रहेको मोरङ प्याब्सनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर