खबर पूर्वाञ्चल
महानगरले आज कक्षा ११ का लागि छात्रवृत्तिको प्रवेश परीक्षा लिएको छ । मेयर कोइरालाले विराटनगरस्थित आदर्श मावि र पोखरिया मावि केन्द्रमा सञ्चालित प्रवेश परीक्षाको अनुगमन गरेका हुन् । नेपाल सरकारको नियमअनुसार सबै निजी शैक्षिक संस्थाले अनिवार्य रुपमा १० प्रतिशत छात्रवृत्ति कोटा छुट्याउनुपर्नेछ । त्यही अनुसार महानगरले आफैंले प्रवेश परीक्षा लिएको मेयर कोइरालाले बताए ।
महानगरले लिएको छात्रवृत्तिमा १ हजार १५० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६९८ जनाले छात्रवृत्ति पाउनेछन् । छात्रवृत्तिका लागि लिइएको प्रवेश परीक्षामा महानगर क्षेत्रभित्र ११ र १२ कक्षा सञ्चालन गर्ने १४ वटा विद्यालयले सहभागिता जनाएका छन् ।