पूर्वाञ्चल खबर
विराटनगरको भृकुटी मार्ग स्थित कलेजले गत ५ वर्षदेखि हरेक वर्ष कलेजका विद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटन र थाइल्याण्डको छात्रवृत्ति दिने गरेको छ । यस बर्ष पनि कलेजका २ जना विद्यार्थी वेलायतको समर क्याम्प सकाएर भर्खरै फर्किएका छन् ।
यस बर्ष पनि वेलायतसंगै कलेजका ६ जना विद्यार्थी थाइल्याण्ड जाने भएका छन् , युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा कलेजका ६ जना विद्यार्थी थाइल्याण्ड जाने कलेजका विजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहालले जानकारी दिए । एक हप्ताको थाइल्याण्ड बसाईका क्रममा विद्यार्थीहरुले युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्समा विभिन्न शैक्षिक कार्यक्रममा सहभागी हुनेछन् । अक्टोबर १५ देखि २१ सम्म उक्त शैक्षिक भ्रमण हुनेछ ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको विजनेस डिग्री (बिबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज विराटनगर ,इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं ,इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।