AArya
RUMPUM
animated ellipse animated ellipse

भोजन उपलब्ध गराउने दातालाई सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ श्रावण २०७६, आईतवार १८:१०
3
Shares
विराटनगर / श्रीकृष्ण प्रणामी यूवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले शुद्ध साहकारी भोजन दुई वर्षदेखि उपलब्ध गराउने दाताहरूलाई सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो ।

प्रणामी युवा परिषदले लामो समयदेखि विराटनगरस्थित कोशी अञ्चल अस्पताल, नोबेल मेडिकल कलेजलगायतका गएर विरामी र कुरुवाहरूलाई निःशुल्क भोजन गराउँदै आएको थियो । दुई वर्षदेखि विरामी, करुवा र असायहरूलाई भोजनको व्यवस्था गरिदिने दाताहरूलाई सम्मान गरेको श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल विराटनगरका अध्यक्ष गोकुल कोइरालाले जानकारी दिए । सम्मान कार्यक्रमको संयोजक विश्वराज ढकालले गरेका थिए ।

कार्यक्रममा विराटनगर ३ का वडा अध्यक्ष विनोद बस्नेत, १ का वडा अध्यक्ष उद्धब अर्याल, त्यस्तै चन्द्रप्रसाद उप्रेती, युवा परिषदका उपाध्यक्ष यज्ञ ढकाल, साहित्य एवं संस्कृति परिषद नेपाल विराटनगरका अध्यक्ष पशुपति पराजुली, विराटनगर मन्दिरका उपाध्यक्ष कृष्णप्रसाद कोइराला, युवा परिषद नेपालको केन्द्रीय सचिव टंक ओझा, प्रदेश संयोजक अनिल ढुंगनाको सहभागि रहेको छ । गोकुल कोइरालाको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर