दोस्रो संस्करणको विराट सडक महोत्सव विराटनगरमा सुरु

खबर पूर्वाञ्चल, १३ माघ २०७९, शुक्रबार ०८:४०
180
Shares

विराटनगर / विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव सुरु भएको छ । माघ १४ गतेसम्म लाग्ने सडक महोत्सवको विराटनगर महानगरपालीकाका प्रमुख नागेश कोइरालाले उद्घाटन गरे।

तीनदिनसम्म संचालन हुने महोत्सवमा आदीवासि जनजाति सामुदायहरूको खानाको परिकारको साथै दैनिक सांस्कृतिक कार्यक्रमहरू हुनेछन् । मन्जिना मूभिज क्रिएसनको आयोजनामा सुरु भएको महोत्सवमा दुई दर्जन बढी स्टल रहेको आयोजक संस्थाका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।

साँस्कृति परम्पराको प्रवद्र्धन गर्दै हुन लागेको सडक महोत्सवमा नेवारी, राजवंशी, मैथिली, लिम्बुलगायतका विभिन्न जातजाति तथा सामुदायहरूको खानाको परिकारहरू रहेको छ । ‘एतेहासिक तथा सांस्कृतिक नगरी विराटनगरको एतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै साँस्कृतिक परम्पराको प्रवद्र्धन गर्न सडक महोत्सव गरिएको हो,’ उनले भने, ‘विभिन्न सामुदायको खानाको परिकारसँग दैनिक साझमा हुने स्थानीय र राष्ट्रिय स्तरका कलाकाहरूको प्रस्तुतीले थप मनोञ्जन प्रदान गरिनेछ ।’

सडक महोत्सवमा दैनिक कलाकाहरूको नृत्य, गायन पनि प्रस्तुती हुनेछ । जहाँ खानाको परिकारसँग सडकमै बसेर सहभागिहरूले रमाइलो गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५