AArya
RUMPUM
animated ellipse animated ellipse

पोखरामा नवोदित प्रस्तुत हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ श्रावण २०७६, आईतवार १८:११
3
Shares

विराटनगर / विराटनगरका कवि मीनकुमार नवोदित पोखरामा प्रस्तुत हुने भएका छन् ।

पत्रकारसमेत रहेका नवोदित पोखरा थिएटरको गन्धर्व नाटकघरमा यही साउन १८ गते शनिबार प्रस्तुत हुने भएका हुन् । पोखरा थिएटरसँगको सहकार्यमा विराट साहित्यिक मञ्चले गर्ने ‘स्रष्टा र सिर्जना’को तेस्रो शृंखलामा नवोदितसहित तीनजना कविलाई प्रस्तुत गर्न लागेको हो । दुई दशकदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितको दुईवटा कवितासंग्रह प्रकाशित छन् भने दुईवटै सम्पादित कृति छन् ।

गत असार १९ गते काठमाडौंस्थित राष्ट्रिय सांस्कृतिक संस्थानले नवोदितको एकल कविता वाचन कार्यक्रम गरेको थियो । त्यसअघि विराटनगरको देवकोटा पुस्तकालय र झोराहाट नाट्य समूहले समेत नवोदितलाई प्रस्तुत गरिसकेको छ ।
नवोदितसँगै पोखराकी कवि सरस्वती श्रेष्ठ ‘सरु’ र स्याङ्जाका कवि मिलन समीर पनि प्रस्तुत हुनेछन् । तीनैजना कविले चार–चारवटा कविता प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर