RUMPUM
animated ellipse animated ellipse

अढाई महिना वित्न लाग्दापनि वनेन टेलिफोन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ श्रावण २०७६, बिहीबार १८:३२
3
Shares

विराटनगर / विराटनगर महानगरपालिकाका विभिन्न चोकमा फ्रि वाईफाई सञ्चालनमा आएपनि देवकोटा चौक दक्षिणका सर्वसाधारण लामो समयदेखि सञ्चारसेवावाट अवरुद्ध भएका छन् ।

विराटनगर – रंगेली सडक खण्डको ंदेवकोटा चौक पूर्वको वाटो वनाउने शुरु भएपछि अढाई महिनादेखि सो क्षेत्रमा टेलिफोन अवरुद्ध छ । टेलीफोनको लाइन सडक नाला वनाउने क्रममा काटिएपछिा सो क्षेत्रका सयौ जनता टेलीफोन प्रयोगवाट वन्चित भएका छन् ।

विराटनगर – ८ स्थित देवकोटा चौक आसपास क्षेत्रलगायत विराटनगर वडा न ८ अन्र्तगत दक्षिणतर्फका , मधुमारा , हरिहरचौक, जयनेपाल चौकलगायतका स्थानमा तीनसयभन्दा वढि टेलीफोन वन्द हुँदा फोनमा जोडिएका वाइफाइको नेट कनेक्सन समेत अवरुद्ध भएको छ । लामो समयदेखि फोन अवरुद्ध हुँदा समेत नेपाल टेलिकमले अढाई महिना वित्न लाग्दा समेत टेलिफोन सञ्चालनकालागी चासो नदिएपछी सास्ती व्योर्हनुु परेको सर्वसाधारण वताउँछन ।

१५ दिनमा वनाउनु पर्ने टेलीफोन यति लामो समयसम्म नवनेपछि कार्यालयमा गएर पटकपटक आग्रह गर्दापनि अवरुद्ध टेलिफोन खुलेको छैन । यसरी चौकचौकमा फ्रि वाइफाइ जोन सञ्चालन संगै महानगरपालिकाले लामो समयदेखि वन्द रहेको टेलीफोन सञ्चालनका लागी पहल गर्नु आवश्यक रहेको सर्वसाधारणहरु वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर