RUMPUM
animated ellipse animated ellipse

प्रदेश नं १ लाई फूटवलको राजधानीको रुपमा विकाश गर्ने-मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ श्रावण २०७६, मंगलवार १९:२४
3
Shares

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई फूटवलको राजधानीको रुपमा विकास गर्न उच्च प्राथमिकतामा राखेको वताएका छन् ।

मुख्यमन्त्री राईले आज विराटनगरमा पाँचौ संस्करणको महिला साफ फुटबलको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई पुरस्कार वितरण गर्दै सो कुरा बताएका हुन् ।

महिला साफ खेलकूदमा देशको प्रतिष्ठालाई माथि उठाउने खेलाडीहरुले गरेको कार्यमा गौरव महशूस गरेको बताउँदै मुख्यमन्त्री राईले आगामी प्रतियोगितामा पहिलो स्थान ल्याउन अहिले देखिनै तयारी गर्नका लागि प्रदेश सरकार आवश्यक सम्पूर्ण सहयोग गर्ने बताए ।

उनले खेलकूदको विकासका लागि योजनावद्धरुपमा यसका पूर्वाधार निर्माण शुरु गरेको चर्चा गर्दै खेलाडीहरुले खेललाई अव व्यवसायिक वनाउन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर