RUMPUM
animated ellipse animated ellipse

टी-२० विश्वकप छनोटमा नेपाल कतारसँग स्तब्ध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ श्रावण २०७६, मंगलवार १०:५१
3
Shares

विराटनगर / नेपाली टोलीले ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट खेलमा कतारसँग पराजित हूँदै स्थब्ध भउको छ ।

सिंगापुरको इण्डियन एशोसियन ग्राउण्डमा आज भएको खेलमा नेपाल कतारसँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको लाई १ सय २३ रनको सामान्य लक्ष्य कतारले १९ दशमलव २ बलमा ६ विकेट गुमाई सो लक्ष्य भेट्टायो । कतारको जितमा इनाम उल हकले विष्फोटक पाली खेल्दै ६ चौकाको मदतले ४१ रन बनाउँदा करिम खानले २२ रन र जाहिर इब्राहिमले १२ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिए भने करण केसीले १ विकेट लिए ।

यस अधि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २२ रनको सामान्य स्केर खडा गरेको छ । नेपालका लागि दिपेन्द्रसुंह ऐरीले सर्वा्धिक ३४ रनको योगदान दिए भने कप्तान पारस खडकाले २८ रन बनाउँदा उप–कप्तान ज्ञानेन्द्र मल्लले २३ रन,सोमपाल कामीले ११ रन, सन्दीप लामिछानेले ९ रन, सरद भेषवाकरले ७ रन, करण सेसीले ४ रन बसन्त रेग्मीले १ रन बनाएर आउट भए । ओपनिङमा आएका कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । तर ६ ओभरमा कप्तान पारस ब्यक्तिगत २८ रनमा आउट भएपछि नेपालको विकेट पतन सुरु भयो । दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र २३ रनमा आउट हुँदा नेपालको स्कोर ५८ रन थियो ।

उनीहरुले सन् २०१४ मा सुवास खकुरेल र सागर पुलने ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेर बनाएको राष्ट्रिय कीर्तिमानलाई उछिनेका हुन् । कतारका इक्वाल हुसेलले ३ विकेट लिँदा तमूर सज्जाद र नौmान सनबारले २–२ विकेट लिए ।
मलेसियामा अभ्यास सकेर सिंगापुर पुगेको नेपाली टोलीले मंगलबार कतारसँग प्रतिस्पर्धा गरिरहेको हो । पाँच देशको सहभागिता रहेको छनौट प्रतिस्पर्धा सोमबारदेखि सिंगापुरमा सुरु भएको हो । आयोजक सिंगापुरले सोमबार भएको खेलमा कतारलाई परातिज गरेर राम्रो सुरुवात गरेको छ ।

यो प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनौटमा स्थान बनाउने छ ।

सिंगापुर पुग्नुअघि मलेसियामा अभ्यास गरेको नेपाली टोलीले मलेसियासँगको दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अन्तर्रा्िष्ट्रय शृङ्खला ‘क्लिन स्वीप’ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर