पूर्वाञ्चल खबर
विराटनगर / मोरङको विराटनगर महानगरपालिकाबाट लागु औषध सहित १ जना पक्राउ परेका छन ।
विराटनगर १२स्थित पन्चमुखी चोकबाट लागु औषध सहित २६ बर्षीय दिनेश पासवान पक्राउ परेका हुन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार राती १२ बजे पासवानका साथ फेनारगन -४८ एम्पुल, डाइजेल्याव – ३७ ,एम्पुल, बुप्रेर्नफिन- ३१, एम्पुल र एभिल -३५, एम्पुल लागु औषध सहित नियन्त्रणमा लिईएको हो ।
पक्राउ परेका पासवानलाई जिल्ला अदालत मोरङबाट लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।