पूर्वाञ्चल खबर
विराटनगर / कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विराटनगर–९ मा रहेको ग्रिनल्याण्ड कलेजले बुधबार प्रवेश परीक्षा लिएको छ ।
कलेजमा भएको परीक्षामा विज्ञान, होटेल मेनेनमेन्ट र व्यवस्थान संकायका गरी १ हजार ४ सय ५ जना विद्यार्थीले परीक्षा दिएका कलेजका प्रिन्सिपल दिपक पोखरेलले जानकारी दिए । प्रिन्सिपल पोखरेलका अनुसार ४ सय ८० सिट भएको विज्ञान संकायमा १ हजार २ सय ३२ र १ सय ४४ सिट भएको होटेल मेनेनमेन्ट र व्यवस्थान संकायमा १ सय ७६ विद्यार्थी सहभागि रहेका जनाए ।