पूर्वाञ्चल खबर
विराटनगर / साविक उप विजेता अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल कोपा अमेरिका कपको १२ वर्षपछी फाइनलमा प्रवेश गरेको छ ।
सन २००७ मा ब्राजिलले अर्जेन्टिनालाई पराजित गर्दै कोपा अमेरिका कपको उपाकि जितेका थियो भने यस अघि अर्जेन्टिना लगातार पाँच पटक फाइनलमा प्रवेश गरेनि उपाधिविहिन भएको थियो । गत संस्करणको फाइनलमा चिलीसँग पराजित भएको थियो ।
ब्राजिलको जितमा ग्याब्रियल जिसस र रोबर्टो फिरमिनो १–१ गोल गरे । खेलको १९ औं मिनेटमा रोबर्टो फिर्मिनोको पासमा ग्याब्रियल जेससले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ १–० ले अगाडी रहेको ब्राजिलले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।
दोस्रो हाफको ७१ औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले जेससको पासमा गोल गरेका थिए ।
दोस्रो सेमिफाइनल खेल बिहीबार चिली र पेरुबीच हुनेछ । पेरू र चिलीबीचको बिजेतासँग ब्राजिलले उपाधिकालागि प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको फाइनल खेल आइतबार हसने छ ।