पूर्वाञ्चल खबर
विराटनगर / लियोनल मेस्सीको कप्तानिमा रहेको अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबकको अन्तिम आठमा प्रवेश गरेको छ । सुरुका दुई खेलमा खराब नतिजा निकालेका कारण समस्या रहेको अर्जेन्टिना समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।
आज विहान भएको खेलमा समूह बी मा रहेको अर्जेन्टिनाले आमन्त्रित टिम कतारलाई २–० गोल अन्तरले पराजित गगर्दै अन्तिम आठको यात्रा तय गरेको हो । अर्जेन्टिनाको जितमा लौतारो मार्टिनेज र सर्जियो अग्युरोले गोल गरे । लको चौथो मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८२ औँ मिनेटमा अग्युरोले गोल गर्दै अर्जेन्टिनाको अन्तिम आठको यात्रा तय गराए ।
अर्जेन्टिना रहेको समूह ‘बी’ को अर्को खेलमा कोलम्बियासँग पाराग्वे पराजित भएसँगै अर्जेन्टिनाको क्वाटरफाइनल यात्रा सहज भएको थियो । अर्जेन्टिनाले अव क्वाटरफाईनलमा भेनेजोयलासँग प्रतिस्पर्धा गर्नेछ । कोलम्बियाले पाराग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
कोलम्बियालाई जित दिलाउन कार्लोस क्विरोजले एकमात्र निर्णायक गोल गरे । उनले खेलको ३१ औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । कोलम्बियाले खेलको दोस्रो हाफमा गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । समूह ‘बी’ को कोलम्बिया शतप्रतिशत जित निकाल्दै ९ अंकसहित समूह विजेताको रुपमा क्वाटरफाईनल प्रवेश गर्यो ।