RUMPUM
animated ellipse animated ellipse

ठूलो परिणाममा बन्यजन्तु सालकको खपटा बरामद, दुई जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ पुष २०८०, शुक्रबार १८:३६
135
Shares
विराटनगर / प्रहरीले संखुवासभाको उत्तरी क्षेत्रबाट ठूलो परिणाममा बन्यजन्तु सालकको खपटा बरामद गरेको छ ।
चीनतर्फ लैजादै गरेको अवस्थामा भोटखोला गाउँपालिका–२ चेपुवाबाट सात वटा बोरामा राखिएको २ सय आठ किलो ७६ ग्राम सालकको खपटा (आखेटोपहार) बरामद गरेको हो । खपटा लैजादै गरेका मध्ये दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका– २ च्याम्ताङका ३५ वर्षीय छिरिङ भोटे र डेमा थिकेपा छन् । प्रहरीले खपटा बरामद गरेको स्थानबाट चीनसँगको सीमा नाका किमाथाङ्का करिब १५ किलोमिटर टाढा छ ।

सडक नभएका कारण सो दुरी पार गर्न एक दिन पैदल हिड्नुपर्छ । कोरोना महामारीपछि किमाथाङ्का नाका बन्द छ । नाका बन्द भए पनि तस्करको समूहले चीनतर्फ लैजादै गरेको अवस्थामा सालकको खपटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए । उनका अनुसार तस्करको समूहले विभिन्न स्थानबाट खपटा संकलन गरेर चीनतर्फ लैजादै थिए । बुधबार बोरा बोकेर पैदल बाटो उकालोतर्फ जाँदै गरेको समूह प्रहरीलाई देखेपछि बोरा फालेर भागेको थियो । बोरा फालेर मान्छे भागेपछि चेक गर्दा प्रहरीले खपटा बरामद गरेको थियो । त्यसपछि भाग्ने मानिसको खोजी गर्ने क्रममा बिहीबार बिहान छिरिङ भोटेलाई पक्राउ गरेको थियो । भोटेको बयानका आधारमा बिहीबार नै डेमा थिकेपालाई पनि पक्राउ गरेको थियो ।

पक्राउ परेका भोटे व्यवस्थापकीय भूमिका खेल्ने कारोबारी भएको प्रहरीले बताएको छ । प्रहरीसँगको वयानमा उनले विभिन्न स्थानबाट संकलन गरी चीन लैजान खोजेको बताएका थिए । नियन्त्रणमा लिएको सात बोरा सालकको खपटासहित पक्राउ परेका दुई जनालाई थप कारबाहीका लागि मकालु बरूण राष्ट्रिय निकुन्ज कार्यालयमा बुझाइएको डिएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर