RUMPUM
animated ellipse animated ellipse

अन्तिम ओभरमा शमीको ह्याट्रिकमा अफगानिस्तानविरूद्ध भारतको कठिन जित, इतिहास रच्न चुक्यो अफगानिस्तान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ असार २०७६, आईतवार ०६:०५
3
Shares

विराटनगर / इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतयोगितामा अन्तिम ओभरमा सम्मालिन नसक्दा अफगानिस्तानले विश्वकप क्रिकेटमा ऐतिहासिक जितबाट चुकेको छ । गए राती भएको खेल अन्तिम ओभरमा भारतका मोहम्मद सामीले ह्याट्रिक विकेट लिँदा अफगानिस्तान पराजित भएको हो ।
तुलानत्मकरूमा कमजोर अफगानिस्तानविरूद्ध भारतलले ११ रनको कठिन जित निल्दै विश्वकपमा अपराजित यात्रालाई कायमै गरेको छ ।

भारतले दिएको २ सय २५ रनको समान्य लक्ष्य पछ्याएको अफगानिस्तानले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १३ रन मात्र बनाउन सक्यो । उसलाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो र अर्धशतक बनाइसकेका मोहम्मद नाबी क्रिजमा थिए । भारतका सामी बलिङमा आए । पहिलो बलमा नाबीले चौका हाने भने दोस्रो बलमा उनी चौका हान्न चाहन्थे तर सकेनन् । उनले एक रन लिन चाहेनन् ।
तेस्रो बलमा नाविले लङअफमा छक्का हान्ने प्रयासमा हार्दिैक पान्ड्याको हातबात क्याच हसन पुगे । लगतै चौथो बलमा अफताव आलम र पाचौं बलमा मुजिव उर रहमानलाई सामीले यर्कर बलमा आउट गर्दै ह्याट्रिक विकेट लिँदै भारतलाई ११ रनको रोमाञ्चक जित दिलाएका छन् । अफगानिस्तानका लागि मोहमद नावीले ५५ मो ४ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाउँदा रहमत शाहले ३६ रन,कप्तान गुल्बदीन नइबले २७ रन , नजिवगल्हा ज्रर्दान २१ रन र रशिद खानले १४ रनको योगदान गरे । भारतका लागि मोहमद शमीले ह्याट्रिकसहित ३ विकेट लिँदा जस्प्रित बुम्राह, युज्भेन्द्र चहल र हार्दिक पान्ड्याले समान २–२ विकेट लिए ।

यसअघि साउथ ह्याम्पटनमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन समान्य योगफल बनाएको थियो । भारतका लागि भारतका लागि कप्तान विराट कोहली र केदार जाधवले अर्धशतकीय पारी खेले । ६३ बल खेलेका विराटले ५ चौकाको सहयोगमा ६७ रन पूरा गरे । ६८ बल खेलेका केदार जाधवले ३ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाउँदा केएल राहुलले ३० रन, विजय शंकर २९ रन र महेन्द्र सिंह धोनीले २८ रन जोडे ।

अफगानिस्तानका लागि गुल्बदीन नइब र मोहम्मद नावीले २–२ विकेट लिँदा रहमत शाह, रशिद खान, आफताव आलम र मुजीब उर–हमानले समान १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर