RUMPUM
animated ellipse animated ellipse

प्रदेश प्रमुखले एकै दिन दुई विधेयक प्रमाणिकरण गरे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ असार २०७६, बिहीबार २२:०२
3
Shares

विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङले स्थानीय तहका जनप्रतिनिधिहरूको सेवा सुविधाका सम्बन्धमा संशोधनसहित बनेको २ वटा विद्येयक एकै दिन प्रमाणिकरण गरेका छन् ।

प्रदेश सभाको चौथो तथा बजेट अधिबेशनको १० औ बैठकले पारित गरेको गाउँ तथा नगर सभाका सदस्यहरूको सुविधा सम्बन्धमा बनेको विधेयक —२०७५ र जिल्ला सभा ,जिल्ला समन्वय समितिका सदस्यहरूको सुविधा सम्बन्धमा संशोधनको लागि बनेको विधेयक —२०७५ आज प्रमाणिकरण गरिएको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले बताए ।

रेग्मीका अनुसार यो सहित प्रदेश प्रमुख तुम्बाहाङले प्रदेश सभाबाट पारित भएका ३१ वटा विधेयक प्रमाणिकरण गरिसकेका छन् । नेपालको संविधानको धारा २०१ को उपधारा १ र गाउँ तथा नगर सभाका सदस्यहरूको सुविधा सम्बन्धमा बनेको विधेयक —२०७५ को दफा ३ को उपदफा २ बमोजिम संशोधन सहित यो नयाँ विधेयक ःल्याईएको हो ।

विधेयक प्रमाणिकरण पछि जनप्रतिनिधिहरूलाई सेवा सुविधा थप गर्न कानूनी बाटो खुल्ला भएको छ । यो विधेयकले महानगर , उपमहानगर , नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिहरूलाई सवारी साधन खरिद गर्न निर्देशित गरेको छ ।

प्रमुख तथा उपप्रमुखको सवारी साधनको प्रयोग गर्न नपाईरहेको अवस्थामा कार्यपालिकाको निर्णयले साधन खरिद गर्न सकिने विधेयकले स्पष्ट पारेको छ । तर आन्तरिक राजस्वको पहिचान र अवस्थालाई ध्यानमा राखी कार्यपालिकाको निर्णय बमोजिम १÷१ हल्का सवारी साधन खरिद गर्न सकिने उल्लेख छ । त्यस्तै २ पटक सम्म बैठक गर्न पाउने कानूनी व्यवस्थालाई संशोधन गरि ४ पटक सम्म गर्न सकिने भनिएको छ । बैठक भन्नाले कार्यपालिका , समिति र उपसमितिलाई मानिएको छ । साथै दुवै विधेयक संशोधन गरि थप भएका पारिश्रमिक तथा सेवा सुविधा लागू भएपछि लिन सकिने प्रस्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर