पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ को विकासमा सहकारी महत्वपूर्ण साझेदार हुने प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङ्वोले वताएका छन् ।
आज विराटनगरमा राष्ट्रिय सहकारी वैक लि. ले आयोजना गरेको दिगो ‘विकास लक्ष्य प्राप्त लागि सहकारी’ शाखा स्थान्तरण तथा अन्तरक्रियाका कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सरकारको आगामी पाँच वर्षे आधविक योजनाको विकासको लक्ष्य पुरा गर्न सहकारी, निजी क्षेत्र र सरकारको सहकार्यवाट सफलता प्राप्त हुने मन्त्री आङ्वोले बताए ।
सहकारी राष्ट्रिय पूँजी भएको र यसले उत्पादनलगायत उद्यमशिलता वृद्धि गरि वैदेशिक रोजगारमा निरुत्साहित गरी मुलुकलाई अन्तरनिर्भर कायम राख्न र समाजवादको आधार तयार गर्ने यस्को ठूलो भूमिका रहने मन्त्री आङ्वोले टिप्पणी गरे ।
प्रदेश सहकारी ऐन यही वजेट अधिवेशन आउने जानकारी दिदै मन्त्री आङ्वोले सहकारीले वित्तिय सेवा मात्र नगरी कृषिको व्यवसायिककरणलगायतका ठूला परियोजना र उद्योग क्षेत्रमा लगानी गरी रोजगारी वृद्धि गरी प्रदेशको समृद्ध कायममा कार्य गर्नुपर्ने उनले बताए ।
राष्ट्रिय सहकारी वैंक लि.का केन्द्रीय अध्यक्ष केवी उप्रेतीले सहकारी सदस्यहरुले आफूसंग भएको तरताकाको ९० प्रतिशत सहकारी वैकमा जम्मा गर्न आग्रह गर्दै आगामी चार वर्षमा वैंकले ५० अर्व निक्षेप पु¥याउने लक्ष्यले कार्य गरिरहेको वताए ।
सहकारी वैंकका कार्यकारी अधिकृत वद्रीकुमार गुरागाई,पूर्व अध्यक्ष रमेश पाखरेल,जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल, वैंकका सञ्चालक सदस्य महेन्द्र गिरी र माधव अत्रिले प्रदेश सरकारले ‘सहकारी मैत्री ऐन’ ल्याउनु पर्ने र सरकारीलाई ‘प्रविधि मैत्री’ वनाउनु पर्नेमा जोड दिए ।

मन्त्री आङवो उत्कृष्ट कारावार गरेवापत श्रीस्टार वहुउद्देश्यीय सहकारी संस्था विराटनगर र तुलसी वहुमुखी सहकारी संस्था विराटनगर विराटनगरलाई सम्मान गरे ।
मन्त्री आङवोले आजै विराटनगर जलजला चौकस्थित सहकारी वैंकको विराटनगर शाखा कार्यालयको पनि उद्घाटन गरे ।

सहकारी वैंकको नेपालभरी ४४ शाखा सञ्चालन गरेको छ भने भने प्रदेश नं १ का विभिन्न जिल्लामा ९ शाखा रहेको सहकारीले जनाएको छ ।
वैंकमा १० हजार ९०६ सहकारीहरु शेयर सदस्यहरु रहेका छन् भने वैंका असारमसान्त सम्म्मा ५५ करोड मुनाफा आर्जन गर्ने लक्ष्य लिएको कार्यकारी अधिकृत गुरागाईले वताए ।
वैकले २१ अर्व वचत संकलन गरी रु १८ अर्व कर्जा लगानी गरेको छ ।