पूर्वाञ्चल खबर
विराटनगर / विवाहको आश्वासन दिएर जवर्जस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक यूवालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
विराटनगर–१२ घर भई विराटनगर १० सोमबारे हटिया नजिकै डेरा गरी बस्ने विवेक भनिने दिव्य पौदारलाई मोरङ प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको हो । विराटनगर–१४ की १६ वर्षीया एक बालिकालाई विहे गर्ने आश्वासन दिएर पोद्धारले वैशाख १० गते करणी गरेका थिए । पोद्धारले आफ्नो कोठामा लगेर विवाह गर्छु भन्दै बालीकालाई करणी गरेको पीडित वालीकाका परिवारको उजुरीको आधारमा पौदारलाई जेठ २३ गते पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठ बताए ।
पोद्धारलाई उनकै डेराबाटै पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले बताए पौदारको ८ वर्षअघि विवाह भएको प्रहरी अनुसन्धानमा खुलेको छ । पोद्धारलाई जिल्ला अदालत मोरङबाट जवरजस्ती करणी कसूर अन्तर्गत म्याद थप गरी थप अनुसन्धान भई रहेको मोरङ प्रहरीले जनाएको छ ।