RUMPUM
animated ellipse animated ellipse

महिलाको स्तर बढेपनि हिसा र रुढीबादी परम्पराका कारण महिलाहरु अझै पीडित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ जेष्ठ २०७६, बिहीबार २१:०२
3
Shares

विराटनगर / पछिल्लो पाँचबर्षमा महिला तथा वालिकाकालागि समावेशी राज्य र समाज निर्माण हुदै गएको सरोकारवालाहरुले बताएका छन ।

आज विराटनगरमा वियोङ बेइजिङ कमिटि र वाल समाज नेपालले आयोजना गरेको प्रदेश स्तरिय बेइजिङ समिक्षाकार्यक्रममा सहभागि अधिकारकर्मी तथा जनप्रतिनिधीहरुले महिलाको स्थानीय तहमा भएको प्रतिनिधीत्व, राजनितिमा बढेको सहभागिता, आर्थिक उपार्जनमा प्रोत्साहान लगायत राज्यले महिलाका लागि बनाएको विभिन्न ब्यवस्थाका कारण उनीहरुको स्तर बढ्दै गएको बताएका हुन् । सहभागिहरुले महिलाको स्तर बढेपनि हिसा र रुढीबादी परम्पराकाकारण अझै महिलाहरु पीडित हुने गरेकोले यसमा राज्य गम्भीर हुनु पर्ने बताएका छन् ।

बेइजिङ सम्मेलनमा नेपालले पनि १२ वटा विषयमा काम गर्ने प्रतिबद्धता जनाएको २५ बर्ष पुगेको भन्दै सहभागिहरुले कानुनमा लेखिएका कुरा कार्यन्वयन भए महिलाको सहभागिता ह्वात्तै बढेर जाने बताएका हुन् । वाल समाज नेपालकी प्रमुख सिता पौडेलले २०२० मा जेनेभामा हुने बेइजिङ प्लस २५ सम्मेलनको तयारीका लागि यही महिना युएनमा रिपोर्ट पठाउने तयारीका लागि अगुवा महिलाहरुसंग महिलाको प्रगति स्तरबारे समिक्षागरिएको बताइन् । सात वटै प्रदेशमा यो छलफल आयोजना गरीने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर