RUMPUM
animated ellipse animated ellipse

विश्वकप क्रिकेटमा बंगलादेशसँग दक्षिण अफ्रिका स्तब्ध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० जेष्ठ २०७६, सोमबार ०५:३८
3
Shares

विराटनगर / इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेट प्रतियोगिता आइतबार साती सम्पन्न भएको आइतवार भएको पाँचौ भिडन्तमा बंगलादेशले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ ।

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका बंगलादेशसँग दोस्रो पटक पराजित भएको हो । यसअघिसन् २००७ मा वेष्टइन्डिजमा भएको विश्वकमा बंगलादेशले दक्षिण अफ्रिकालाई ६७ रनले पराजित गरेको थियो ।

टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३० को विशाल रन बनाएको थियो । बंगलादेशका लागि मुश्फिक्युर रहिमले ७८ रन बनाए । त्यस्तै, शकिब अल हसनले ७५ रन बनाएका थिए । अविजित रहेका मोहमुदुल्लाहले ३३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४६ रन बनाए । ओपनर सौम्या सरकारले ४२ रन बनाउँदा मोसादक हुसेनले २६ रन र मोहम्मद मिथुनले २१ रन बनाए । दक्षिण अफ्रिका इमरान ताहिर, क्रिस मोरिस र एन्डिल फेहलुकवायोले समान २–२ विकेट लिए ।

३ सय ३१ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा ३ सय ९ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाउँदा ऐडन मारक्रम र जेपी डुमेनीले समान ४५–४५ रन बनाए । रसिइ भान डेर डुसेनले ४१ रन बनाउँदा डेभिड मिलर ३८ रनमा आउट भए । बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिदाँ मोहम्मद सइफुदिनले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर