कोभिड अस्पतालबाट फरार भएका अभियुक्त दुई दिनपछि पक्राउ

खबर पूर्वाञ्चल, २७ श्रावण २०७९, शुक्रबार १७:३१
486
Shares
विराटनगर/ विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट फरार भएका अभियुक्तलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ।

फरार भएको दुई दिनपछि विराटनगर महानगरपालिका १८ झटियाई घर भएका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त दास बुधबार राति १० बजेतिर अस्पतालबाटै फरार बनेका थिए। फरार बनेका दासलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।

विराटनगर-१४ कटुप्पामा लुकिछिपी बसेको अवस्थामा दिउँसो १स्१५ बजेतिर उनी पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

लेनदेन मुद्दामा मोरङ जिल्ला अदालतले २०७६ साल वैशाख २९ गते दोषी ठहर गर्दै ६ महिना कैद सजायको फैसला सुनाएको थियो । सजाय भुक्तान नगरिकन तीन वर्षदेखि फरार रहेका उनलाई प्रहरीले साउन २० गते पक्राउ गरेको थियो । पक्राउ गरेर अदालतमा बुझाउनुअघि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएसँगै उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

प्रहरीको निगरानीमा उपचार गराइरहेका दास शौचालय जाने बहानामा अस्पतालबाटै फरार बनेका थिए। शौचालय जाने भनेर हत्कडी खोल्न लागाउँदै फरार बनेका दासलाई पक्राउ गर्न प्रहरी सफल भएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार अब दासलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गर्न प्रक्रिया अघि बढाइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५