RUMPUM
animated ellipse animated ellipse

बेवारिसे अवस्थामा पेस्तोल बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ बैशाख २०७६, आईतवार २१:१४
3
Shares

विराटनगर – विराटनगर महानगरपालिका -१६ दरैयाबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको एक थान पेस्तोल बरामद गरेको छ ।

आज बिहान स्थानीयले बाँसको झ्याङमा लुकाई राखेको शंकास्पद बस्तु देखे पछी प्रहरीलाई खबर गरेका थिए । सो स्थानबाट प्रहरीले रंङको बट्टा भित्र कालो प्लाष्टिकमा पोको पारेर लुकाई राखेको मेड इन युएसए लेखिएको एक थान पेस्तोल , एक थान म्याग्जिन र सोही पेस्तोलमा प्रयोग हुने २ राउण्ड गोली फेला पारेको मोरङ प्रहरीले जनाएको छ । बरामद पेस्तोल बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर