पूर्वाञ्चल खबर
उर्लाबारी / प्रदेश सरकारले मोरङको उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा जनता आवास कार्यक्रम अन्तर्गत १० वटा घर बनाउने भएको छ ।
जिल्ला समन्वय समिति मोरङको कार्यालयमा मोरङ क्षेत्र नम्बर १ (क) प्रदेशसभाका सांसद कूलप्रसाद साम्बाको अगुवाईमा आज बसेको बैठकले उर्लाबारी–८ संथाल बस्तीमा ५ र मिक्लाजुङको ८, ७ र ६ नम्बर वडामा ५ वटा घर दलितहरुको बनाउने निर्णय गरेको हो ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, सहरी विकास तथा भवन कार्यालयले जनता आवास कार्यक्रम अन्तर्गत उक्त घर निर्माण गर्न लागेको हो । मन्त्रालयले प्रतिघर ३ लाख ३२ हजार ५ सयको दरले बजेट उपलब्ध गराउने सांसद साम्बाले बताए ।