RUMPUM
animated ellipse animated ellipse

मेयरकप भलिबल शूरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०७५, बिहीबार २०:५४
3
Shares

सुनसरी / इटहरीमा बिहिबारदेखि शूरु भएको मेयरकप भलिबल प्रतियोगितामा इटहरीको टिम हाबी भएको छ ।

उद्धघाटन खेलमा इटहरी ए टिमले पथरीशनिश्चरे नगरपालिकालाई २–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको इटहरी ए टिमले दोस्रो सेटमा पनि २५–१३ को सहज जित निकाल्न सफल भयो ।

बिहिबार नै सम्पन्न दोस्रो खेलमा इटहरी वि टिमले रामधुनी नगरपालिकालाई २५–१५, २२–२५ र २५–१४ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेल उर्लाबारी नगरपालिका र धरान उपमहानगरपालिका बिच हुदा दोस्रो खेल झापा गाउँपालिका र दमक नगरपालिका बिच हुनेछ । शुक्रबार दिउँसो नै सेमिफाइनल खेलहरु सम्पन्न गराइने प्रतियोगिता संयोजक बिक्रमबाबु थापाले जानकारी दिए ।

चैत्र १६ गते सम्म चल्ने प्रतियोगितामा एक नम्बर प्रदेशका ८ वटा स्थानिय तहका टिमहरु सहभागी छन । प्रतियोगिताको विजेताले नगद १ लाख र शिल्ड तथा दोस्रो हुने टिमले नगद ५० हजार रुपैया पाउने छ । यसअघि एक कार्यक्रमका बिच प्रतियोगिताको ईटहरी उपमहानगरपालिकाका मेयर द्धवारिकलाल चौधरीले उद्धघाटन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर