पूर्वाञ्चल खबर
जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले यही पौष १३ गते लामिछाने बलात्कार मुद्दामा दोषी रहेको ठहर गरेको थियो। आज ढकालकै इजलासले लामिछानेलाई सजाय तोकेको हो।
त्यस दिन उनलाई दोषी ठहर भए पनि लामिछानेलाई सजाय तोक्नका निम्ति भने आजलाई पेसी तोकिएको थियो।
लामिछानेले मुलु्की अपराध संहिता २०७४ को दफा २१९ (३०)(ङ) बमोजिम कसुर गरेको पुष्टि हुन आएकाले ८ वर्ष जेल र ३ लाख रुपैयाँ जरिवाना तोकेको हो। यसैगरी पीडित गौशाला २६ लाई क्षतिपूर्तिस्वरुप दुई लाख दिनुपर्ने निर्णय अदालतले सुनाएको हो।
लामिछानेलाई १० वर्षभन्दा कम सजाय तोकिएकाले उनले थुनाबाहिर रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् ।
लामिछाने काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेको निर्णयविरूद्ध उच्च अदालत जाने भएका छन् । क्रिकेटर सन्दीपको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले आधार, प्रमाणले दोषी नदेखिँदा नदेखिँदै पनि सन्दीपलाई दोषी ठहर गरेको भन्दै अब उच्च अदालत जाने बताए ।