animated ellipse animated ellipse

कोशी प्रदेशमा विवादका कारण रोकिएको खेलकुलद प्रतियोगिता पुन हुने, १ करोड बढी खर्च हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ जेष्ठ २०८१, बुधबार १६:२७
576
Shares
पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) । तस्वीर : पुष्पराज थपलिया
विराटनगर । नया सरकार गठन र राजनैतिक हस्तक्षेपका कारण पटक पटक विवाद र रोकिएदै आएको प्रदेश स्तरीय खेलकुदका कार्यक्रमहरु पुन हुने भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पुन बहालीका विषयमा यस अघि विवाद हुदै आएको थियो । यस अघि बोर्ड सदस्य सचिवमा हंशराज वाग्ले थिए । त्यसबेला पनि विविध राजनैतिक हस्तक्षेपका कारण कोशी प्रदेशमा खेलकुदका गतिविधीहरु हुन सकेका थिएनन् । अहिले कोशी प्रदेशमा नयाँ सरकार गठन भए लगत्यै पुन कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिवमा नेकपा एमालेबाट कृष्ण बस्नेत (पर्शुराम) को पुन बहाली भएको छ ।

वस्नेत २०८१ बैशाख २० गतेदेखि प्रदेश खेलकुद विकास बोर्डमा पुर्नबहली भएका थिए । बस्नेतले आफु सदस्य सचिवमा पुन बहाली भए लगत्यै रोकिएको खेलकुद प्रतियोगितालाई सुचारु गर्ने निर्णय गरेका छन् । बस्नेतले आज विहान पत्रकार सम्मेलनको आयोजना गरी रोकिएको खेलकुद प्रतियोगिता पुनः सुरु गर्ने बस्नेतले जानकारी दिएका छन् । आगामी असार १५ गतेसम्ममा कोशी प्रदेशमा खेलकुद प्रतियोगिता सम्पन्न गर्ने गरी कार्यक्रमलाई अगाडी बढाईने सदस्य सचिव बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए ।

असार १५ गतेभित्र १० वटा खेलकुद प्रतियोगिता सम्पन्न गर्न १ करोड भन्दा बढि रकम खर्च हुने जानकारी दिए । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले असार ३ गतेदेखि ७ गतेसम्म तेह्रथुममा पुरुष फुटबल प्रतियोगिता, असार ८ देखि १३ गतेसम्म खोटाङमा महिला फुटबल प्रतियोगिता, असार ७ देखि १० गतेसम्म मोरङमा कबड्डी प्रतियोगिता आयोजना गर्ने तयारी थालेको छ । यस बाहेक मोरङमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता, सुनसरी मोरङ र झापामा महिला सेल्फ डिफेन्स तालिम तथा योग प्रशिक्षण, सुनसरीमा कुरास प्रतियोगिता, पौडी, मोरङमा पौडी, भारतोलन प्रतियोगिता, मोरङ र तेह्रथुममा विकासका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर