AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेले गरे एसईई परीक्षा केन्द्रमा अनुगमन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०७५, बुधबार २१:५८
3
Shares

सुनसरी / प्रदेश एक सामाजिक विकास मन्त्रालयले गरेको अनुगमनको क्रममा केही परीक्षाका केन्द्रमा मर्यादाविपरीत शंकास्पद गतिविधि भएको पाइएको छ ।

सुनसरीका केही परीक्षा केन्द्रहरुमा अमर्यादित रुपमा एसइईको परीक्षा सञ्चालन भइरहेको पाइएको हो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले आज सुनसरीका आधा दर्जन परीक्षा केन्द्रहरुको अनुगमन गरेको छ । मन्त्री घिमिरेसहित मन्त्रालयका निमित्त सचिव दिव्यराज कट्टेल र सञ्चारकर्मीहरुको टोलीले सुनसरीका परीक्षा केन्द्रहरुको निरीक्षण गरेको हो ।

सो क्रममा अधिकांश विद्यालयहरुमा मर्यादितरुपमा परीक्षा सञ्चालन भएको देखिए पनि केही केन्द्रहरुमा परिक्षाको मर्यादाविपरीतका गतिविधि भएको फेला परेको थियो । केन्द्रमा टोली पुग्दा परीक्षालाई मर्यादित बनाउन खटिएका गार्डहरु अस्वाभाविक रुपमा चलायमान भएका देखिन्थे । निरीक्षण टोली परीक्षा केन्द्रको गेटमा पुग्दा उनीहरु टोली आएको सूचना प्रवाह गर्न चलायमान भएको सहजै अनुमान गर्न सकिन्थ्यो । अन्य केन्द्रहरुमा मन्त्रीको नेतृत्वमा अनुगमन टोली आउने सूचना पहिल नै पाइसकेकाहरु त्यसै सर्तक भएका थिए भने केही ठाउँमा मर्या्दित र नियमसंगत ढंगले नै परीक्षा संचालन भएको थियो ।

निरीक्षणपछि प्रतिक्रिया दिँदै मन्त्री घिमिरेले भने निरीक्षणको क्रममा केही कमीकमजोरी फेला परेको स्वीकारे । उनले त्यस्ता कुराहरु सुधार्न पहल गरिने प्रष्ट पारे । भित्री रुपमा केही चल खेल हुने गरेको भने केही बाहेकका धेरै परिक्षा केन्द्रहरुमा देखिएको छ । तर पहिलेको एसएलसी र वर्तमानमा एईई परीक्षाको बेला परीक्षा केन्द्र बाहिर ठूलो भीड लाग्थे । चिट लेख्ने र चोराउनेहरुको चहलपहल भने घट्नुलाई मन्त्री घिमिरेले सकारात्मक रुपमा लिएका छन् । निरीक्षण टोलीले धरान–८ गंगालाल मार्गस्थित सहिद स्मृति माध्यमिक विद्यालय, धरान–१२ चतरा लाइनस्थित पब्लिक हाईस्कुल, इटहरी–४ स्थित कचना महादेव माध्यमिक विद्यालय, इटहरी–९ स्थित जनता माध्यमिक विद्यालय र इटहरी–१२ खनारस्थित शारदा माध्यमिक विद्यालयमा राखिएको परीक्षा केन्द्रहरुको अनुगमन निरीक्षण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर