पूर्वाञ्चल खबर
विराटनगर / १९ बर्षपछि नेपालले र कुवेतसँग गए राती खेलेकोे मैत्रिपूर्ण खेल गोलरहित बराबरी रोकेको छ ।
कुवेतविरुद्धको नेपालले सन २००० पछि पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टिमलाई गोलरहित बराबरीमा रोकेको हो ।
नेपालले सन् २००० मा एएफसी एसिया कपमा कुवेतसँग ५–० को फराकिलो गोल अन्तरले पराजित भएको थियो ।
खेलअवधिभर कुवेतले नेपाललाई दबावमा राखेको थियो । खेलामा नेपाली गोल किपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको हो ।
खेल अवधिभर निकै आक्रामक फुटबल खेलेको कुवेतको एक दर्जन प्रहारलाई नेपालका गोलरक्षक चेम्जोङले विफल पारेका थिए । दोस्रो हाफको ६१ औं मिनेटमा पाएको पेनाल्टीलाई कुवेतले सदुपयोग गर्न नसक्दा जितविहिन बन्यो कुवेतले । कुवेतकप्तान बाडेर अल मुतवा गरेको पेनाल्टी प्रहार आकासिएसँगै कुवेतले अग्रता बनाउनबाट चुकेको थियो ।
कुवेतविरुद्ध नेपालका पाँच जना नयाँ खेलाडीले डेब्यु गरे । अजित भण्डारीसँगै बिमल राना, सन्तोष तामाङ, सुरज विश्वकर्मा र रबि पासवानले कुवेतविरुद्धको खेलमा डेब्यु गरेका थिए । विमल राना पनि वैकल्पिकका रुपमा मैदान प्रवेश गरेका थिए । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ ।