खबर पूर्वाञ्चल
भारतीय नम्बर प्लेटको स्करपिओ गाडीभित्र पेस्तोल र गोलीसहित सर्लाही हरिपूर्वा नगरपालिका ७ का २७ वर्षीय रवीन्द्रकुमार यादव पक्राउ परेका हुन् ।
पार्किङ गरेर राखेको बीआर ०६ पीए १३६३ नम्बरको स्करपिओभित्र पेस्तोल र गोली फेला परेको प्रहरीले जनाएको छ ।
हरीका अनुसार स्करपिओको ड्यासबोर्डभित्र कालो कपडाले बेरेर राखेको अवस्थामा गस्तीमा गएको प्रहरीले पेस्तोल फेला पारेको हो ।
पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।