RUMPUM
animated ellipse animated ellipse

फोहरलाई बिद्युतमा परिणत गर्ने आधुनिक फोहर व्यवस्थापन केन्द्र अभियानमा महानगरपालीका

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ फाल्गुन २०७५, आईतवार २०:४८
3
Shares

विराटनगर / फोहरलाई विद्युतमा परिणत गरी नेपालमै पहिलो र आधुनिक फोहर ब्यवस्थापन केन्द्र बनाउने अभियानमा विराटनगर महानगरपालिका लागेको छ ।

विराटनगर महानगरपालीकाले फोहर मैला व्यवस्थापनका विषयमा छिमेकी स्थानिय तहका जन प्रतिनिधिहरुसंगको छलफललाई तिव्रता दिएको छ । चिनको कोच भेन्चर होल्डिङ् प्रा.लिले विराटनगरसहित आसपासका क्षेत्रमा फोहर व्यवस्थापनकालागि आधुनिक मेसिन , उपकरण र पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएसंगै महानगरले यसको पहल थालेको हो । केही समय अगाडी विराटनगर महानगरका प्रमुख भीम पराजुलीसहितको टोलीले चिनको आनहुइ प्रदेशमा फोहर व्यवस्थापनको विषयमा अध्ययन भ्रमण गरेका थिए । सोही क्रममा चिनको कोच भेन्चर होल्डिङ् प्रा.लिले विराटनगरसहित आसपासका क्षेत्रलाई फोहर व्यवस्थापनकालागि आधुनिक मेसिनसहित आबश्यक उपकरण र सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो ।

विराटनगर महानगरपालिकाले तदारुकता देखाएको छ । यसै वीच स्थानियतहहरुको फोहर मैला व्यवस्थापनकालागि साझेदारी सम्वन्धि अन्तरक्रिया कार्यक्रम समेत विराटनगर महानगरले आज सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरका प्रमुख भीम पराजुलीले सम्भव भएसम्मका स्थानीयतहहरुको समन्वयमा फोहर मैला व्यवस्थापन गरौ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले फोहरलाई ,मोहरमा परिणत गर्ने कुरामा सवै स्थानियतहको समन्वय आबश्यक भएको बताए । कुनै पायक स्थान छनौट गरी फोहर व्यवस्थापन केन्द्र बनाउने अभियानमा जुट्न समेत सवैलाई आग्रह गरे ।

कार्यक्रममा दमक नगरपालिका उपप्रमुख गीताअधिकारीले फोहरको समस्या सवै ठाउँका शहरहरुको टाउको दुखाइको विषय भएकाले यसको व्यवस्थापन आबश्यक भएको बताइन । उनले महानगरले थालेको पहलमा आफुहरुको सहयोग रहने बताइन । यस्तै पथरी ,शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप राइले फोहर व्यवस्थापनसंगै जनताले पाउने लाभ बढी भएकाले यसखाले आयोजना सफल बनाउन आबश्यक रहेको उल्लेख गरे ।

छलफलमा लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौला, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, इटहरी उप–महानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी ,बुढीगंगा गाँउपालिकाका प्रमुख बालचन्द्र माझी ,जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डल, कटहरी गाउँपालिकाका रामकुमार कामतलगायतले विभिन्न स्थानिय तहका प्रमुख र उपप्रमुखहरुले यसखाले आयोजना सफल पार्न आबश्यक भएको बताए ।

कार्यक्रममा इन्जिनियर घनश्याम काफ्लेले चीनले गरेको फोहर व्यवस्थापन केन्द्र र नेपाल बनाइने डिजानइनका विषयमा जानकारी गराएका थिए । आधुनिक फोहर व्यवस्थापन केन्द्रवाट फोहर नगनाउने र स्थानीय बासिन्दा र क्षेत्रमा कुनै असर नपर्ने जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर