पूर्वाञ्चल खबर
धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट ५ केजी गाँजा सहित एक यूवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को.१६ प. ९६९४ नंम्बरकोमोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी बाधेर राखिएको अबस्थामा उक्त परीणामको गाँजा सहित मोटरसाईकल चालक साँगुरीगढी ८ का ३० बर्षीय अविनास राईलाई पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखि थप अनुसन्धान भईरहेको धनकुटा प्रहरीले जनाएको छ ।