RUMPUM
animated ellipse animated ellipse

अन्तराष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधी शसस्त्र प्रहरीलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०७५, शुक्रबार २०:१६
3
Shares

विराटनगर / सुनसरीको दुहवीमा सम्पन्न अन्तराष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधी नेपालको विभागिय टोली शसस्त्र प्रहरीले जितेको छ ।

मनमोहन स्मृति प्रतिष्ठान नेपाल, दुहवी नगरपालिका, विभिन्न उद्योगको सहयोगमा सुनसरी र मोरङ डोरी तान संघको संयुक्त आयोजनामा दुहवीमा आज सम्पन्न प्रतियोगितामा शसस्त्रले फाइनलमा भारतको बिहारलाई हराउँदै उपधी चुमेको हो ।
प्रतियोगिताका विजेता टोली शसस्त्रले नगद ५० हजार रुपैयाँ, शिल्ड, ट्रफि र प्रमाण पत्र हात पारेको छ । उपविजेता बनेको भारतीय टोलीले नगद २५ हजार, शिल्ड, ट्रफि तथा प्रमाण पत्र हात पारेको छ ।

प्रतियोगितामा विजेता टोलिलाई दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उपविजेता टोलीलाई दुहवी नगरपालिकाका उपमेयर सुनिता दाहाल (शाह) ले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् । प्रतियोगितामा सहभागी टिमलाई गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रवीन नगरकोटी, डोरी तान संघका केन्द्रीय उपाध्यक्ष डा. शुभाषश्री पोखरेल, केन्द्रीय सदस्य सत्यनारायण चौधरी, नेपाल लिकर्सका कोमलप्रसाद शर्मालगायतले सहभागिताको प्रमाणपत्रसमेत वितरण गरेका थिए ।

खेलमा भारतका दुई र नेपालका ८ टिमको सहभागिता रहेको थियो । खेलको उद्घाटन कार्यक्रममा दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले गरेका थिए । सो अबसरमा बोल्दै मेयर गच्छदारले खेलकुदले स्वास्थ्यका लागि फाइदाजनक मात्र नभएर आपसी भाइचारा अभिबृद्धि गर्ने माध्यम समेत भएको बताए ।

कार्यक्रममा डोरी तान संघका केन्द्रीय उपाध्यक्ष तथा मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटका प्रिन्सिपल डा. शुभाष श्री पोखरेलले अन्य खेलहरु जस्तै डोरी तान खेलको विकाश र प्रवद्र्धनमा पनि सरकारले ध्यान दिनुपर्ने बताए । उनले डोरी तान खेलको महत्व बेग्लै भएकाले यो खेललाई नेपालका सवै प्रदेशका जिलला जिल्लामा पु¥याउने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा डोरी तान संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरीले दुहवीमा सम्पन्न गरिएको डोरी तान प्रतियोगिता सवै तहमा पु¥याइने बताउँदै सार्क स्तरीय खेलको आयोजना गर्ने लक्ष्य रहेको बताए । मोरङ डोरी तान संघका अध्यक्ष रिता न्यौपानेले सो खेल विश्वका १ सय ८० देशमा खेलाईँदै आएको जानकारी दिए । कार्यक्रमको अध्यक्षता सुनसरी डोरी तान संघका अध्यक्ष निश्चलराज शाक्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर