RUMPUM
animated ellipse animated ellipse

प्रदेश स्तरीय पुरुष क्रिकेटको उपाधि मोरङलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७५, सोमबार २०:०४
3
Shares

विराटनगर / आठौं राष्ट्रिय खेलकुदका लागि भएको छनोट खेलको प्रदेश स्तरीय पुरुष क्रिकेटको उपाधि मोरङले हात पारेको छ । मोरङले आज भएको फाइनल खेलमा सुनसरीलाई ८९ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।

विराटनगरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको मोरङले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनायो । मोरङकालागि मुकुन्द यादवले ५४ रन , पुष्प थापा ३१ रन , सिद्धान्त लोहनी २३ रन , रवि राय १४ रन र फिर्दोस अन्सारीले १३ रन बनाए । सुनसरीका सरोज बस्नेतले २ विकेट लिए ।

१ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सुनसरीले २० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा ८७ रनमै समेटियो । सुनसरीका रितेश रायले २० रन र अब्जल हुसैनले १२ रन बनाए । मोरङका अमृत सिंह र श्रवण यादवले ३–३ विकेट तथा मुकुन्द यादवले २ विकेट लिए ।

त्यस्तै झापाको भद्रपुरमा जारी फुटबल खेलअन्तर्गत सोमबार मोरङले ओखलढुंगलाई २–० गोलमा पराजित गरेको छ । मोरङका संजय धिमाले २ गोल गरे ।

त्यसैगरी विराटनगरमा भएको सुटिङअन्तर्गत पुरुष राइफलतर्फ मोरङका यूवराज श्रेष्ठ र सुनसरीका दुर्लभ श्रेष्ठ तथा महिलातर्फ मोरङकी तुलादेवी खड्का र झापाकी सिम्रन थापा मगर छनोट भए । पुरुष पेस्तोतर्फ झापाका प्रकाश राई, मोरङका राजु थापा र मोरङकै नेत्रबहादुर खड्का तथा महिलातर्फ मोरङकी कमला राई, झापाकी लक्ष्मी भण्डारी र मोरङकी मञ्जु सरदार छनोट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर