AArya
RUMPUM
animated ellipse animated ellipse

सुम्नीमा स्कूलमा चित्रकला तथा हस्तकला प्रर्दशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७५, बुधबार १९:१०
3
Shares

विराटनगर / विराटनगरस्थित सुम्निमा बोर्डिङ स्कूलमा चित्रकला तथा हस्तकला प्रर्दशन गरिएको छ । स्कूल परिसरमा आज विद्यार्थीहरूले बनाएको चित्रकला तथा हस्तकलाको विभिन्न समाग्रीहरू प्रर्दशनमा राखिएको थियो ।

कक्षा ६ सम्म अध्ययरत विद्यार्थीहरूले बनाएको विभिन्न चित्र र हातले बनाएको हस्तकलाको सामाग्रीहरू प्रर्दशनमा राखिएको स्कूलकी प्रिन्सिपल सीतला सुब्बाले जानकारी दिइन् । विद्यार्थीहरूमा भएको प्रतिभालाई उजागर गर्ने उद्देश्यले उनीहरूले बनाएको समाग्रीहरू प्रर्दशनमा राखिएको प्रिन्सिपल सुब्बाले बताइन् ।

सोही अवसरमा साँस्कृतिक नृत्य समेत प्रस्तुतिय गरियो । विद्यार्थीहरूले साँस्कृतिक झल्किने पहिरनमा नृत्य प्रस्तुत गरि सबैलाई मनोञ्जन दिलाए । चित्रकला तथा हस्तकलाको प्रर्दशनीमा अभिभाव, शिक्षक र अतिथिहरूले अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर