AArya
RUMPUM
animated ellipse animated ellipse

अन्तर पुस्ता कार्यक्रम शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७५, शुक्रबार २०:३४
3
Shares

विराटनगर / मोरङका ५ वटा स्थानीय तहमा बाल संरक्षणका लागि अन्तरपुस्ता कार्यक्रम शुरु भएको छ ।

विराटनगर महानगरपालिका, सुन्दरहरैचा नगरपालिका, बुढीगंगाा गाउँपालिका, ग्रामथान गाउँपालिका र कटहरी गाउँपालिकामा अन्तर पुस्ता कार्यक्रम शुरु भएको हो । कार्यक्रममा बालबालिकाले स्थानीय तहका प्रमुख, सरोकारवाल कार्यालयका प्रमुखहरुसँग बालबालिकासँगं संवन्धित जिज्ञासाहरु राख्नेछन् । उनीहरुको जिज्ञासाको सरोकारवालाहरुले जवाफ दिने गर्दछन् ।

सार्वजनिक सुनुवाईको शैलीमा गरिने कार्यक्रम प्रभावकारी हुँदै गएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले जानकारी दिइन्। अन्तर पुस्तावीच संवाद गराउने उद्देश्यले कार्यक्रम शुरु गरिएको कार्यक्रम संयोजक अधिकारीले बताइन्। वल्र्डभिजन इन्टरनेशनलको सहयोग कार्यक्रम शुरु गरिएको हो । आज ग्रामथान गाउँपालिकाको वडा नं. १ मा अन्तर पुस्ता कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बालबालिकाहरुले सार्वजनिक कार्यालयहरुले वडापत्र सवैले देख्न स्थानमा राख्न नसकेको, विद्यालयले ‘ड्रप आउट’ रोक्न नसकेको, स्वास्थ्य कार्यालयले प्रदान गर्ने सेवा प्रभावकारी हुन नसकेको, बाल विवाह नियन्त्रण हुन नसकेकोलगायतका प्रश्नको वडाध्यक्ष नमोनारायण माझी, वीरेन्द्र माझीमा प्रधानाध्यापक मनोज रम्तेल, स्वाथ्य चौकी लखन्तरीकी इन्चार्ज सर्वुन नेसा लगायतले जवाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर