पूर्वाञ्चल खबर
विराटनगर /विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगितामा अन्तरगत हुने खेलमा वर्षा बाधक भएपछी खेल स्थगीत भएको छ ।
विराटनर– १९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा आज समुह वि अन्तरगत एग्रोभेट क्रिकेट क्लव र विनायक क्रिकेट क्लव विच हुनु पर्ने खेलमा रातीदेखि सिमिसिमे पानी परीरहेको कारणले खेल स्थगित भएको मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए ।
सदस्य पोखरेलका अनुसार यस अघि दुवै टिम सेमीफाइनलमा पुगिसकेकोल आज खेल स्थगित भएपछी दुवै टिमले १–१ अंक बाडेका कारण नेट रननेटको आधारमा एग्रोभेट समुह विजेता भएको हो । दुवै टिमले समान २ मा जित र १ स्थगित भएको छ ।