RUMPUM
animated ellipse animated ellipse

नेपाललाई यूएईले दियो १ सय ८ रनको लक्ष्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७५, शुक्रबार १६:३५
3
Shares

विराटनगर / यूएईमा जारी टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाललाई यूएईले १ सय ८ रनको लक्ष्य दिएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९ दशमलव २ बलमा सवै विकेट गुमाई १ सइ ७ रन अलआउट भएपछि नेपालले १ सय ८ रनको समान्य चुनौती पाएको हो । यूएईका लागि ओपनर सीपी रिजवनले ४४ रन बनाए । उनले ४३ बलमा १ छक्का र ४ चौका प्रशार गर्दै ४४ रन बनाएका हुन् । त्यस्तै साइमन अनवरले १४ रन बनाउँदा महमद बुट्टाले ११ रन बाहेक अन्य खेलाडिहरुले उल्लेखनिय पर्दशन रहेनन् ।

नेपालका लागि अविनाश बोहराले उत्कृष्ट बलिङ गर्दै ३ विकेट दिए । उनले ४ ओभर बलिङ गर्दै २० रन दिएका छन् ।त्यस्तै सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर