RUMPUM
animated ellipse animated ellipse

पाँचथर र ईलाममा आगलागी हुँदा ४७ लाख बराबरको क्षति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७५, आईतवार १३:२५
3
Shares
फाइल तस्वीर

विराटनगर / १ नम्बर प्रदेशको पाँचथर र ईलाम जिल्लामा आज विहान भएको आगलागीबाट अन्दाजी ४७ लाख मूल्य बराबरको क्षति भएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ च्याबलुङ बस्ने गणेश फुयालको घरमा आगलागी हुँदा अन्दाजी ३३ लाख मूल्य बराबरको क्षति भएको छ । विहान सवा ४ बजे भएको उक्त आगलागीबाट फुयालको ढुंगामाटोले बनेको टिनको छानो भएको दुई तले घरमा अचानक आगलागी हुँदा, घरसहित भित्र रहेको लत्ता कपडा, भाडा वर्तन, १ तोला सुन, ५ तोला चाँदी र नगद १ लाख रुपैयाँ जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी चौकी राँके, शसस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा विहान सवा ५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

त्यसैगरी ईलामको ईलाम नगरपालिका ७ बस्ने मनबहादुर गुरुङको घरमा आगलागी हुँदा अन्दाजी १४ लाख मूल्य बराबरको क्षति भएको छ । विहान साढे ६ बजे गुरुङको घरमा डेरा गरी बस्ने बिष्णुमाया लिम्बु बसेको दुई तले घरको माथिल्लो तलाको भान्सा कोठाबाट ग्याँस सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगलागीबाट घरको माथिल्लो तथा पूर्ण रुपमा क्षति हुनको साथै नगद १० लाख, सुन, चचाँदीको गर गहना र लत्ता कपडा जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा विहान साढे ७ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर