RUMPUM
animated ellipse animated ellipse

नेहारिका कलेज अन्तर कलेज टी २० क्रिकेटको फाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०७५, आईतवार २२:३९
3
Shares

विराटनगर । विराटनगरको नेहारिका कलेज खुल्ला अन्तर कलेज टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा जेथिन कलेज विराटनगरलाई ५ विकेटले पराजित गर्दै नेहारिका फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको जेनिथले ९ दशमलव २ बलमाअल आउट हुँदै मात्र १९ रन बनायको थियो । उसका लागि अविशेक चौधरिले ६ रन र अभिजित मण्लले ५ रन बनाएका थिय । निहारिकाका प्रेम कुमारले ३ विकेट, विवेक पोख्ररेल र केशव घिमिरेले समान २र२ र मेहबुब आलमले १ विकेट लिएका थिए ।

२० रनको झिनो लक्ष्य पछ्याको निहारिकाले ५ ओभरमा ६ विकेटको नोक्सानीमा सो विजयी लक्ष्य पार गरेको थियो । उसका लागि विशाल ढकालले ११ रन बनाएका थिए । जेनिथकका अजय शर्माले ३ विकेट र रुपेस सरदारले २ विकेट लिए ।

युथ रिकन्डीसन क्रिकेट क्लब विराटनगरको आयोजनामा सञ्चालित प्रतियोगिताको सोमबार हुने दोस्रो सेमिफाइनल खेल कोशी मल्टीपल क्याम्पस र क्रिशक्ती टेक्नीकल इन्सीस्टुयुट इनरुवा बिच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर