पूर्वाञ्चल खबर
इनरुवा / इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब अन्तिम चारमा प्रवेश गरेको छ । इनरुवा खेल मैदानमा आज सम्पन्न समुह बीको खेलमा प्रदेश नम्वर ६ लाई पराजित गर्दै आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
आर्मीले प्रदेश नम्वर ६ लाई २ सय ४९ रनले पराजित गरेको छ । आर्मीले दिएको ३ सय १५ रनको लक्ष पछ्याएको प्रदेश ६ ले २५ दशमलव ५ बल खेल्दै ६५ रन मात्रमा खम्चियो । आर्मीलाई फराकिलो जित दिलाउन कुशल मल्लले ४ विकेट र सहाव आलमले ३ विकेट लिए । प्रदेश ६ कालागि निश्चल महतले २७ रन र टेक सलामीले १६ रन जोडे । प्रदेश ६ का ६ जना ब्याट्सम्यान शुन्य रनमा आउट हुन पुगेका थिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले४७ दशमलव २ बलमा सवै विकेट गुमाउँदै ३ सय १४ रनको विशाल स्कोर खडा गरेका थिए । आर्मीका क्यापटेन विनोद भण्डारीको शतक प्रहार गरेका छन् । भण्डारीले विष्फोटक ब्याटिङ गर्दै ६५ बल १३ चौका र ३ छक्काको प्रहार गरि १ सय ३ रन जोडेका थिए । त्यसैगरी भीम सार्कीले ९६ रनको पारी खेले । खेलको म्यान अफ द म्याच आर्मीका विनोद भण्डारी घोषित भए । प्रतियोगिता अन्र्तगत भोलीको खेल प्रदेश ३ र प्रदेश ६ बीच हुने छ ।