खबर पूर्वाञ्चल
आज आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । नयाँ संक्रमण पुष्टि हुनेहरुमा दैलेखका ८, कैलालीका २, दार्चुलाका १, स्याङ्जाका ३, नवलपुरका १, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, मकवानपुरका १, बर्दियाका ३, बाँकेका १, झापाका २५, सर्लाहीका ७, सिरहाका ६, रौतहटका २०, दोलखाका २, सोलुखुम्बुका १, बझाङका १ र सुर्खेतका १३ जना रहेका छन् । योसँगै ५१ जिल्लाका १ हजार ४२ जनामा संक्रमण देखिएको छ । कुल संक्रमितमध्ये ९ सय ४० जना पुरुष र १ सय २ जना महिला हुन् ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ३० पुगेको छ । आज २५ जना नयाँ संक्रमित थपीएका छन् । आज थपीएका २५ जना झापाको कचनकवल गाउँपालिकाका रहेका छन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनका अनुसार संक्रमित पुरुषहरु १५ देखि ४२ वर्षका रहेका छन् ।
कचनकवलमा मात्र कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । झापामा मात्र संक्रमितको संख्या ७९ पुगेको छ । उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, सोलुखुम्वु, भोजपुर र खोटाङका १÷१ जनामा संक्रमण देखिएको छ । प्रदेश १ का संक्रमित मध्ये ३० जना उपचार पछि निको भएका छन् । कोरोना संक्रमित १ सय जना अहिले उपचाररत रहेका छन् ।