RUMPUM
animated ellipse animated ellipse

प्रिन्स दोहोरो सफलताका साथ अन्तिम चारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०७५, बुधबार २०:०९
3
Shares

विराटनगर / दुवई अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनका विजेता प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

दाहालले म्यानमारका थु रिनलाई यू–१९ विधामा २१–११, २१–१५ को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन् । यस्तै यू –१५ का नेपाल नम्बर एक ¥याङ्किङ्गका खेलाडी उनले नेपालकै रोहित बराललाई २१–६, २१–११ ले पाखा लगाउंदै सेमिमा स्थान पक्का गरेका हुन् ।

मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सहिद रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यू –१९ तर्फ नेपाल नम्बर एक खेलाडी प्रफुल महर्जनले आफ्नै देशका सत्यम सुब्बालाई २१–४, २१–१० ले हराउँदै नेपालकै पविन लिन्थेपसँग सेमिमा प्रतिस्पर्धा गर्ने भएका छन् । पविनले प्रनिशसिंह ठकुरीलाई निर्णायक खेलमा २१–१२, १६ –२१, २१–१६ ले पाखा लगाउँदै सेमिमा प्रवेश गरेका हुन् ।

यस्तै रुकेश महर्जनले सहरोज अन्सारीलाई २१–१४, १५–२१, २१–१७ ले पराजित गरे । महर्जनले अव सेमिफाईनलमा प्रिन्ससँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
यू –१५ ब्वाईज तर्फ प्रिन्सका साथै हिमाल चन्द, रोशन साउद र म्यानमारका ज लिन थु पनि अन्तिम चारमा पुगे । हिमालले बिवेक चौधरीलाई २१–१६, २१–१९, रोशन साउदले उज्जल श्रेष्ठलाई १३ –२१, २१ –१२ र २१–१३ ले तथा ज लिनले नेपालका अनिष खतिवडालाई २१–१६, २१–११ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।
गल्र्स यू –१९ तर्फको खेलमा जेशिका गुरुङ्ग, सिमा राजबंशी, रञ्जना भट्ट, र रशिला महर्जनले अन्तिम चारको यात्रा तय गरे । जेशिकाले निता लम्साललाई २१–१०, २१–६, सिमाले बिश्ना बिष्टको रिटायर्ड हर्टका आधारमा, रञ्जनाले रोज पाण्डेलाई २१–१२, २१–१२ ले तथा रशिलाले अञ्जना राईलाई २१–२, २१–६ ले पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् । बिश्ना खेलका दौरान घुंडामा चोट आएका कारण खेलबाट बाहिरिएकी थिईन् ।

ब्वाईज यू–१९ युगल तर्फको खेलमा प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले सफल थापा र सरोज गुप्ताको जोडीलाई २१–१०, २१–१० को समान अन्तरले पराजित गरे । अव महर्जन जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षेत्रीको जोडीसँग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । शेर्पाको जोडीले देवराज राना र रोशन साउदको जोडीलाई २१–११, २१–१२ ले पाखा लगाए । यस्तै अर्को सेमिफाईनलमा पविन लिनथेप र दिवश बिश्वकर्माको जोडीले म्यानमारका ज लिन थु र थु रिनको जोडीसँग प्रतिस्पर्धा गर्ने छन् । लिनथेपको जोडीले शिब थापा र सहरोज अन्सारीको जोडीलाई २१–१२, २१–१७ तथा थुको जोडीले रोहित बराल र उज्जल श्रेष्ठको जोडीलाई २१–५, २१–१५ ले पाखा लगाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर